काठमाडौं- विश्व तेक्वान्दो महासंघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)लाई शनिबार तेक्वान्दो खेलको मानार्थ सातौं डान प्रदान गरेको छ ।
महासंघको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालबालिका र कैदी जीवन बिताइ रहेका अभिभावकका बालवालिकालाई लक्षित गरी नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको एक वर्षे तेक्वान्दो विशेष तालिमको उद्घाटन अवसरमा खेलकुद मन्त्री विश्वकर्मालाई सातौं र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई मानार्थ छैटौं डान प्रदान गरिएको हो ।
नेपाल भ्रमणमा रहेका महासंघका अध्यक्ष चोङ वो चोइले मन्त्री विश्वकर्मा र उपाध्यक्ष तिम्सिनालाई शनिबार डानको प्रमाणपत्र प्रदान गरे । सोही अवसरमा खेलकुदमन्त्री विश्वकर्माले तालिमको उद्घाटन गरेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
