Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुट-उपगुटमा अल्झिएर बस्नु हुँदैन : घनश्याम भुसाल


  • आइतबार, साउन १९ २०७६

  • गुट-उपगुटमा अल्झिएर बस्नु हुँदैन : घनश्याम भुसाल

    गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन्। प्रगतिशील लेखक सङ्घ गोरखाले शनिबार गोरखामा गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उनले इतिहासलाई हेरेर नभई जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको बताए।
    ‘पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्ने बेला आयो। जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग सङ्घर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ। अब अलमल गरेर बस्ने होइन,’ उनले भने।
    चुनाव जित्ने र सत्तामा पुग्ने मात्र पार्टीको सपना भए अझै १० वर्षसम्म केही नगर्दा पनि हुने भन्दै उनले समाजवाद पुग्ने हो भने नेपाली मोडलको कार्यदिशा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिए। ‘इतिहासमा यो गर्‍यौं ऊ गर्‍यौं भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ। त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर बस्नु हुँदैन,’ उनले भने।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij