काठमाडौं – नेपाली क्रिकेट टिमले सिंगापुरमा दोहोरो पीडा भोग्नु परेको छ । आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी २० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन ।त्यसको साथै जब उपविजेताको पदक पनि खोसिएको छ ।
आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो ।
त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइपछि सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले ।
जब नेपाललाई ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो ।
समान ४ ४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेको र नेपाल तेस्रो भएको घोषणा गरियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
