Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन


  • शुक्रबार, साउन १० २०७६

  • पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

    काठमाडौं -पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।
    विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेका थिए ।
    मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् । उनका जेठो डा रमणप्रसाद सिंह चिकित्सक र कान्छा छोरा सुमनप्रसाद प्राध्यापक छन् । स्व। सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij