काठमाडौं – नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ ।
नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९।१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।
पूर्वी क्षेत्रीय छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले दुई साथै सागर ढकाल र रसिद खानले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो ।
नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन सातै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
