Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा


  • आइतबार, असार १५ २०७६

  • टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं – टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।
    पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि छन् ।
    कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारी र आरिफ शेख बैकल्पिक खेलाडीमा छन् ।
    नेपाली टोली जुन ९ मा मलेसिया प्रस्तान गर्नेछन् । १३ र १४ मा मलेसियासँग टी–२० सिरिज खेलेर नेपाली टोली सिंगापुर जानेछ, जहाँ टी–२० विश्वकप एसिया फाइनलका खेलहरु हुनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij