Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस नेता सिंह भन्छन् – नेपाली राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छोड्यो


  • आइतबार, असार १५ २०७६

  • कांग्रेस नेता सिंह  भन्छन् – नेपाली राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छोड्यो

    बुटवल – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छाडेको बताएका छन्।
    आइतबार नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आयोजना गरेको गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले पद नै सबभन्दा ठूलो मानी यसका लागि जेसुकै गर्ने प्रचलन हाबी हुनु नै मुलुकको दुर्दशा सुरू भएको बताए ।
    ‘देश र जनताको हित नै सबभन्दा महत्वपूर्ण कुरा हो भनेर राजनीति गर्ने गणेशमान सिंहहरू जस्ता राजनेताहरूको जीवनीलाई पन्छाएर पदकै लागि जेसुकै गर्ने प्रचलन हाबी भएको छ’, उनले भने, ‘यसले देशको दुर्दशा सुरू भएको छ।’
    कांग्रेस आजको अवस्थामा पुग्नुको मुख्य कारण पार्टी विधानको कारण रहेको समेत नेता सिंहले बताए। अब राजनीतिक सहमतिभन्दा पनि पार्टी विधान र नियमावलीको परिधिभित्र बसेर गर्नु पर्नेमा मन्त्री सिंहको जोड थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij