Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडीको नाम सर्वाजनिक


  • मंगलबार, असार १० २०७६

  • स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडीको नाम सर्वाजनिक

    काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको चार विधामा मनोनयनमा पर्ने खेलाडी सर्वाजनिक गरिएको छ ।
    मंगलबार काठमाडौंमा मञ्चले पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नामवली सार्वजनिक गरिएको हो । यसअघि नै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् ।  अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
    नेपाली खेलकुदकै प्रतिष्ठित खेलकुद अवार्डको १६ औ संस्करण आगामी असार १७ गते आयोजना हुदैछ । यस पटकको अवार्ड कार्यक्रममा ९ विधाका खेलाडी र खेलकर्मीसहित एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    वर्ष उत्कृष्ट पुरुष खेलाडी

    पारस खड्का (क्रिकेट)

    सोमपाल कामी (क्रिकेट)

    शुक्रबहादुर राई (गल्फ)

    इन्द्रबहादुर श्रेष्ठ (जुडो)

    युकेश गुरुङ (पाराग्लाइडिङ)

    वर्ष उत्कृष्ट महिला खेलाडी

    सावित्रा भण्डारी (फुटबल)

    सरस्वती चौधरी (भलिबल)

    सीता रानामगर (क्रिकेट)

    नीमा गुरुङ (तेक्वान्दो)

    मनिता श्रेष्ठ प्रधान (जुडो)

    वर्ष उत्कृष्ट युवा खेलाडी

    अजितकुमार यादव (एथलेटिक्स)

    प्रिन्स दाहाल (ब्याडमिन्टन)

    मञ्जलीकुमारी योञ्जन (फुटबल)

    ललितनारायण राजवंशी (क्रिकेट)

    विजय श्रेष्ठ (कराते)

    वर्ष उत्कृष्ट प्रशिक्षक

    योगेश भट्टराई (प्याराग्लाइडिङ)

    हरि खड्का (फुटबल)

    धनीरामचौधरी (एथलेटिक्स)

    जगत टमाटा (क्रिकेट)

    ज्ञानेन्द्र बिष्ट (भलिबल–एपिएफ)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij