Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विवेकशील नेपाली दलको नीति सम्मेलन रोल्पामा हुने


  • शुक्रबार, असार ६ २०७६

  • विवेकशील नेपाली दलको नीति सम्मेलन रोल्पामा हुने

    काठमाडौं – विवेकशील नेपाली दलले रोल्पामा नीति सम्मेलन गर्ने भएको छ।
    यही असार १३ देखि १५ गतेसम्म रोल्पाको लिवाङमा हुने सम्मेलनमा सात वटै प्रदेश र प्रवासका समेत सदस्यहरुको सहभागिता रहने विवेकशील नेपालीले जनाएको छ। सम्मेलनमा दलको विधान, राजनीतिक दस्ताबेज एवम् नीतिहरुमाथि छलफल हुने प्रवक्ता मिलन पाण्डेले जानकारी दिए।
    विभिन्न समितिहरु बनाएर सम्मेलनको तयारी गरिएको उनले बताए। विवेकशील नेपाली, उद्यमशील समाज र हितकारी राज्य आफ्नो पार्टीको नारा रहेको र शसस्त्र युद्धमा सबैभन्दा धेरै कहर काटेको रोल्पालाई कार्यक्रम स्थलको रुपमा रोजेर शान्तिको सन्देश दिन खोजिएको पनि विवेकशील नेपाली दलले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij