Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश २ को नीति तथा कार्यक्रम पारित


  • मंगलबार, जेष्ठ २८ २०७६

  • प्रदेश २ को नीति तथा कार्यक्रम पारित

    काठमाडौं- प्रदेश नम्बर २ का सरकारको नीति तथा कार्यक्रम सभाबाट बहुमतले पारित भएको छ।
    गत जेठ १९ गते सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम सोमबार बसेको प्रदेशसभाको बैठकले पारित भएको हो।
    नीति तथा कार्यक्रममा सत्तारूढ दल राष्ट्रिय जनता पार्टी नेपालकै ५ जना प्रदेश सांसदले संशोधन प्रस्ताव दर्ता गराएपछि सरकारलाई नीति तथा कार्यक्रम पास गराउन कठिनाइ भएको थियो। उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिएपछि नीति तथा कार्यक्रम सहज रूपमा पास भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
    नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका २ जना प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र शोभा लामाले समेत संशोधन प्रस्ताव दर्ता गराएका थिए। तर सोमबार बैठक सुरू हुनुअघि प्रदेशसभा सदस्य चौधरीले संशोधन प्रस्ताव फिर्ता लिए भने लामा बैठकमा अनुपस्थित थिइन्।
    त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपाका ६ जना प्रदेश सांसदले समेत नीति तथा कार्यक्रम विरोध गर्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए। नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा, राजचन्द्र मण्डल, ज्वला साह, मंजु यादव, दिलिप साह र किशोरी साहले संशोधन प्रस्ताव दर्ता गराएका थिए।
    प्रमुख सचेत विश्वकर्माले संशोधन प्रस्तावको केही बुँदा फिर्ता लिए पनि बाँकी अन्य सांसदले संशोधन प्रस्ताव फिर्ता लिएनन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij