Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोज्यो : प्रवक्ता शर्मा


  • मंगलबार, जेष्ठ २१ २०७६

  • सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोज्यो : प्रवक्ता शर्मा

    अर्घाखाँची– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले वर्तमान सरकारले प्रेसलाई नियन्त्रणमा लिन खोजेको बताएका छन् ।
    मंगलवार नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य शर्माले एउटा विषयमा पार्टीमा युवाहरु एक ठाउँमा आएको बताउँदै अहिले सो गुटमा आफू नरहेको स्पष्ट पारे ।
    कलमलाई रोकेर निरकुंशता ल्याउने उद्देश्यका साथ सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको उनको आरोप छ ।
    सरकारले ल्याएको विधेयक गलत रहेको भन्दै उनले एकजुट भई र डटेर सामान गर्न पत्रकारलाई आग्रह गरे ।
    नेता शर्माले सरकारले ल्याएको बजेटले राष्ट्रिय गौरवका योजनालाई प्राथमिकता नलिई,चुनावी सरकारले जस्तो बजेट ल्याएको टिप्पणी गरे ।
    उनले विप्लप नेतृत्वको नेकपालाई बार्तामा ल्याई समस्या समाधान गरिनुपर्ने पनि बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij