Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजदेखि १२औं संस्करणको विश्वकप क्रिकेट सुरु


  • बिहिबार, जेष्ठ १६ २०७६

  • आजदेखि १२औं संस्करणको  विश्वकप क्रिकेट सुरु

    एजेन्सी -आजदेखि इङ्ल्यान्डमा आईसीसी एकदिवसीय विश्वकपको १२औं संस्करण सुरु हुँदैछ ।
    लन्डनस्थित दी ओभल क्रिकेट स्टेडियममा बिहिबार साँझ भब्य उद्घाटनसँगै सुरु हुने खेलमा आयोजक इङ्ल्यान्ड र दक्षिण अफ्रिका भिड्दैछन् ।
    जुलाई १४ तारिखसम्म सञ्चालन हुने विश्वकपका खेलहरु इङ्ल्यान्ड र वेल्समा खेलिनेछ । विश्वकपमा आयोजक इङल्यान्ड सहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोली सहभागी छन् । सहभागी सबै टोलीेले लिग चरणमा एकअर्कासँग एक एक खेल लेल्नेछन् ।
    त्यसपछि उत्कृष्ट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सबै टोलीले एक अर्काविरुद्ध खेल्दा एउटा टोलीले नौ खेल खेल्नेछन् । समग्रमा सबै टोलीले ४५ खेल खेल्नेछन् । सेमिफाइनल दुई र फाइनल एक गरी कूल ४८ खेल हुनेछ
    विश्वकपको विजेता टोलीले चार मिलियन अमेरिकी डलर (करिव ४५ करोड रुपैयाँ) पुरस्कार पाउनेछ । उपविजेताले दुई मिलियन अमेरिकी डलर (करिव २२ करोड ४६ लाख रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij