Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजुलाई एन्जा र एन्फाको सम्मान


  • बुधबार, जेष्ठ १५ २०७६

  • राजुलाई एन्जा र एन्फाको सम्मान

    अन्तर्राष्ट्रीय रयाफ्टीङ प्रतियोगितामा समाचार संकलनका लागि अस्ट्रेलिया आइपुगेका कान्तिपुर दैनिकका खेल पत्रकार राजु घिसिङलाई सिड्नीमा एक कार्यक्रम बिच नेप्लीज अस्ट्रेलियन जर्नलिस्ट एशोसिएसन(एन्जा) र अस्ट्रेलियन नेप्लीज फुटबल एशोसिएसनल (एन्फा) संयुक्त रुपमा सम्मान गरेका छन । करिब एक दशक देखि नेपाली खेलकुद क्षेत्रमा कलम चलाउँदै आएका घिसिङलाई एन्फाका अध्यक्ष विजेन बटाजु र एन्जाका संयोजक हेमन्त काफ्लेले संयुक्त रुपमा खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा एनआरएन आईसीसीका खेलकुद संयोजक राजु मानन्धरले नेपाली फुटबलमा बिशेषगरी दखल राख्ने घिसिङलाई सम्मान गर्न पाउनु खुसीको बिषय भएको बताए । यस्तै एन्फाका अध्यक्ष विजेन बटाजुले अस्ट्रेलियामा बसेर फुटबलको माध्यमवाट भाइचारा अभिबृद्धी गर्नुका साथै मुलुकको खेलक्षेत्रसँंग जोडिने प्रयासमा लागेको बताए । वटाजुले खेलुकदको माध्यमवाट दुइ देश बिचको आपसी सम्वन्ध बिस्तार गर्ने र नेपाली खेलक्षेत्रमा सहयोग पुरयाउने आफ्नो उद्देस्य रहेको बताए । कार्यक्रममा अनलाइन खबरका अस्ट्रेलिया सम्पादक मनऋषी धितालले सीड्नीमा घिसिङलाई स्वागत गर्दै नेपाल र अस्ट्रेलियाबिच पत्रकारीताको साइनो जोड्ने प्रयासको संस्थागत  थालनी भएकोमा खुसी प्रकट गरे । कार्यक्रममा एन्फाका महासचिब विजय क्षेत्री, नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादन माधव गैरै, सम्पादक कृष्ण तिवारी, प्रशिक्षक बिकास गौचन ,क्लाप बोर्डका राजन घिमिरे लगायतले राजुलाई सम्मान प्रकट गरेका थिए । सम्मानित खेल पत्रकार राजुले प्रवासमा पनि नेपाली संचारकर्मीलाई संझेर फुटबलको माध्यमवाट सम्मानित हुन पाउँंदा खुसी लागेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij