Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१७ औं गोर्खा कप सफलता पूर्वक सम्पन्न, तोङ्बा एफसीलाई उपाधी


  • सोमबार, जेष्ठ १३ २०७६

  • १७ औं गोर्खा कप सफलता पूर्वक सम्पन्न, तोङ्बा एफसीलाई उपाधी

    लण्डन-  नेपाली समुदाय बिच बेलायतमा अत्यन्त लोकप्रिय फुटबल प्रतियोगिता ऐतिहासिक गोर्खा कपको १७ औं संस्करण ‘गोर्खा कप’ को उपाधी एफ.सी., क्विन्स रेजिमेन्ट इन्जिनियरिङ तोङ्बा एफसी ले हात पारेको छ ।

    आइतबार २६ मे का दिन तमु धिं युकेको आयोजनामा अल्डरसट स्थित क्विन्स एभिन्यू खेल मैदानमा रिडिङ्ग युनिटीलाई टाइब्रेकरमा ४­२ गोलले पराजित गरि उपाधी हात पारेको हो ।

    पूर्व निर्धारित खेल समयमा खेल १–१ गोलमा टुंगिए पछि खेल टाइ ब्रेकरमा धेकलिएको थियो । उपाधी संगै तोङबा एफसीले २ हजार ५०० पाउण्ड नगदका साथमा शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता रिडिङ्ग युनिटीले १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

    त्यस्तै, भेट्रानतर्फ निर्धारित समयमा खेल बरावरीमा टुंगिए पछि पेनल्टी सुटआउटमा ईलाम एफसीलाई ३­२ गोल अन्तरले पराजित गर्दै केन्ट एफ.सी.विजयी बनेको छ ।

    भेट्रानतर्फको विजयी टिम केन्ट एफसीले १ हजार २०० पाउण्ड नगद र उपबिजेता ईलाम एफसीले ८०० पाउण्ड नगदका साथमा ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन ।

    ३२ वटा टिमले भाग लिएको मुख्य खेलतर्फको खेलमा रिडिङ्ग युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडि घोषित भए । त्यस्तै, १० वटा टिमले भागलिएको भेट्रान खेलतर्फ एफ.सी. केन्टका भास्कर राई टप स्कोरर बने भने एफ.सी. केन्टकै दिल्ली राजथापा फाइनल खेलको म्यान अफ दि म्याच बन्न सफल भए ।

    उपाधी विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि एवं रस्मोर बरो काउन्सिलकी काउन्सिलर मेयर सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरदराज आरन, तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स, गोर्खा कपमा मुख्य प्रायोजकआईडिया फर नेपालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण श्रेष्ठ, सोलिसिटर्सकी रवियन अलि, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, मेक्स ओर्थ एकाउण्टेन्टस्का राकेश गुरुङ, गोर्खा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा किचन रेष्टुरेण्ट बेजिङ्ग स्टोकका एम कुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, ट्रफी र प्रमाण पत्रप्रदान गरेका थिए ।

    समापनका अवसरमा तमु धिं युकेले गोर्खा वेलफेयर ट्रष्टलाई ५०० पाउण्ड, रस्मोर बरो काउन्सिललाई ५०० पाउण्ड र विल्डीङ्ग ट्रष्टलाई ३०० पाउण्ड च्यारिटी रकम आयोजक संस्था तमस धिं यूकेले प्रदान गरिएको थियो ।

    करीब १० हजार दर्शकको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि सु कार्टर, नेपाली दूतावास लण्डनका उपनियोग प्रमुख शरद राज आरन, एफ.ए. लिगका कोर्डिनेटर लोरेन्स जोन्स लगायतले गोर्खा कपको ऐतिहासिक महत्वका बारेमा बोलेका थिए ।

    त्यस्तै, तमुधिं युकेका खेलकुद सचिव एवं गोर्खा कप संयोजक क्याप्टेन पिताम्बर गुरुङले प्रतियोगिताको बारेमा जानकारी दिएका थिए भने तमु धिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले खेलाडि, टिम, प्रायोजक, प्रमुख अतिथि, अतिथि, स्टल उद्यमी, व्यापारी, सहभागी लगायत तमुधिं युकेका स्वंयसेवक, कार्यसमिति, सल्लाहकार, युथ, आमा समूहलगायत सबैलाई धन्यवाद दिए ।

    तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई महासचिव तुलाराम गुरुङले संचालन गरेका थिए ।
    पुर्ण गुरुङ र मिलन तमुको सहयोगमा

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij