काठमाडौं– नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमल्टारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर’ का बिषयमा छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
