दुइ दिने तेस्रो अोसेनिया क्षेत्रिय बैठकमा भर्खरै सम्पन्न राष्ट्रिय खेलुकदमा गैर आवासिय नेपाली टोलीकोतर्फवाट स्वर्ण पदक जित्ने खेलाडी टेनिसका संरक्षक भुषण बज्राचार्य , कास्य पदक विजेता अमृत पौडेल र जुडोका मोहन बमलाई सम्मान गरिएको छ । यस्तै आसेनिया क्षेत्रिय खेलकुद समितीका संयोजक भुपाल सिटौला तथा केन्द्रिय संयोजक राजु मानन्धर र सल्लाहकार सुवास श्रेष्ठले विजेता खेलाडीहरुलाई पाँंच पाँंच सय डलर नगद प्रदान गर्ने घोषणा गरेका थिए । कार्यक्रममा सम्मान गर्दै एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टले खेलाडीहरुको मुलुकका सच्चा राजदुत भएकोले यस पटकको सहभागिता र पदक एतिहासिक रहेको बताए । पहिलो पटकको सहभागिता र पहिलो स्वण पदक पनि अस्ट्रेलियाले जिताएकोमा ओसेनियाले गर्व र सम्मान गर्ने मौका पाएको छ, भट्टले सुनाए ।
इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नाराका साथ सीड्नीमा सुरु भएकाे दुई दीने ओसेनिया सम्मेलनमा
मुलुकमा लगानी, पर्यटन पर्वधन र बीदेशमा सीकेकाे शीप र ज्ञानलाई मुलुक भीत्राउने जस्ता नीर्णयकासाथ सम्पन्न भएकाे थियो । ।कार्यक्रममा लिवरल पार्टीका नेता तथा अस्ट्रेलियाका अध्यागमन मन्त्रीडेभिड कोलम्यानले आफ्नो पार्टी लीबरलले पुनः जित हासिल गरेमा नेपालीसामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा समेत गरेका छन्।
तेश्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा बोल्दै अध्यागमन मन्त्री कोलम्यानले सामुदायिक भवनमार्फत्अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना सांस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथायसले समग्र समुदायको एकतामा थप टेवा पुग्ने समेत बताए। कार्यक्रममा एनआरएन आईसीसी अध्यक्ष भवन भट्टले मुलुकका बीकास नीर्माणमा गैर आवासीय नेपाली संघकाे अभीयान जारी रहेकाे सुनाए । कार्यक्रममा लेबरकी सीनेटर क्लीयर मुरले लेबर पार्टीले आगामी सरकार बनाए नेपाललाई दीने सहयाेगमाहरेक बर्ष बुद्धी गर्ने र प्यारेन्ट भीषा शुल्कमा सहुलीयत प्रदान गर्ने घाेषणा गरीन । कार्यक्रममा ओसेनीयासंयाेजक धर्मराज अधिकारीले सबैकाे सहयाेग र सदभावले कार्यक्रम सफल भएकाे बताए । ओसेनिया सम्मेलनमा नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थीअस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटा, महासचिव बद्री केसी, उपाध्यक्षयहरूकुमार पन्त र कुल आचार्य, पूर्व अध्यक्ष शेष घले, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने,न्यूसाउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दीपक धमलालगायत बीभीन्न देशका एनआरएन प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति थीयाे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
