बुटवल – प्रमुख प्रतिपक्ष दल नेपाली कांगेसका महामन्त्री डा.शंशाक कोइरालाले प्रधानमन्त्री तानाशाही बनेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा बुधबार देखि सुरु गरेको राष्ट्रिय जागरण अभियानका क्रममा रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै उनले उनले सञ्चारमाध्यम, न्यायपालिकालगायतका क्षेत्रलाई सरकारले कठपुतली बनाएको आरोप लगाए । सबै अधिकारहरु आफ्नो हातमा राख्ने र काण्डै काण्ड मच्चाउने काम भएको भन्दै उनले कांग्रेसले यस्ता गतिविधिको विरोध गर्ने बताए ।
यो सरकार काण्डै काण्डको सरकार भन्दै उनले ती काण्डहरु कांग्रेसले पर्दाफास गर्ने दावी गरे । ‘यो सरकारले निर्मला हत्याकाण्ड, बुढीगण्डकी काण्ड, एनसेल काण्ड, वाइटवडी काण्ड लगायतका थुप्रै अपराधहरुलाई लुकाएको छ, हामी पर्दाफास गर्छौ’ नेता कोइरालाले भने ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
