काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्कामा प्रसिद्ध भएको भन्दै सरकारले पेश गरेको नीति तथा कार्यक्रम कुनै विद्यालयको तेज विद्यार्थीले लेखेको निबन्ध जस्तो भएको बताएका छन् ।
आज सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संसदमा नेता सिंहले नीति तथा कार्यक्रमका हरेक पानामा नारा मात्रै भएको बताए ।
‘एउटा कुनै हाईस्कुलको तेज विद्यार्थीलाई कक्षामा देश बनाउनको लागि के के गर्नुपर्छ भनेर निबन्ध लेखे जस्तो सरकारको नीति कार्यक्रम आएको छ,’ उनले भने ।
‘नीति कार्यक्रममा सबै छ । प्रधानमन्त्री सवै विषयमा जानकार हुनुहुन्छ । नीति तथा कार्यक्रमका हरेक पानामा इम्प्रेसनसहित नारै नारामात्रै छन् । तर नारा राम्रा भएर मात्रै के गर्ने ?’ उनले प्रश्न गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
