काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष
एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकको हक सुनिश्चित गर्दै समाजवादको आधार निर्माण गर्ने बताएका छन्।
आज १३० औं मजदूर दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो छुट्याएर अघि बढ्न सक्नुपर्नेमा जोड दिए।
अध्यक्ष प्रचण्डले भने – ‘हात उठाएर भन्नुपर्यो समाजवादी कित्तामा हो कि पुँजीवादी ।’ उनले थपे ‘हामी समाजवादी हौं। पुँजीवादी कित्तासँग एकता गरेर शक्ति र तागत हुँदैन।’
पुँजीवादीसँग समन्वय गर्दै हातेमालो गर्ने हो भने आचरण, संगठन मजदूरको हितमा नहुने उनको भनाइ छ।
साथै अध्यक्ष प्रचण्डले समाजवादी कि पुँजीवादी कता जाने हो बहस हुनुपर्ने बताए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
