Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आउने वर्ष सरकार दुस्कर्ममा नलागोस् – देउवा


  • सोमबार, बैशाख १६ २०७६

  • आउने वर्ष सरकार दुस्कर्ममा नलागोस् –  देउवा

    काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बालुवाटारको सरकार जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको सार्वजनिक हुँदा समेत सरकार ढाकछोप गर्न लागेको आरोप लगाएको छ।
    संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले ुबालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको सार्वजनिक हुँदा पनि सरकारले ढाकछोप गर्न लागेको देख्दा नागरिकको धैर्यको सिमा टुट्न लागेको छ । आउने वर्ष सरकार यस्ता दुस्कर्ममा नलागोस् देउवाले भने ।

    “विगतको सरकारले गरेको कामको उद्घाटन गरेर आफैंले गरेको भनेर झूटा प्रचार गर्ने बाहेक कुनै काम गरेको छैन”, देउवाले प्रतिनिधि सभा बैठकमा भने। उनले सरकारले चौध महिना देखाउन लायक एउटा पनि काम नगरेको बताए।
    सभापति देउवाले निर्मला पन्तको बलात्कार पछि हत्या भएको प्रकरणमा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा आलोचन गरे। देउवाले आफ्नो सरकारको पालामा सुरू भएका कामको उद्घाटन मात्र गरेर प्रचार गरेको बताए।
    उनले वाइडबडी प्रकरणमा पनि दोषीलाई कानुनी कठघरामा नल्याइएको बताए।
    उनले दिनादुन ठूला भ्रष्ट्राचारका काण्ठ सुनेर नागरिकमा निराशा बढेको टिप्पणी गरे। “आर्थिक अपचलन अभूतपूर्ण बेको छु, देउवाले भने, “मेरो पालामा सुरु भएको सामाजिक सुरक्षा कार्यक्रम आफैँले गरेको भनि तामझाम साथ प्रचार गर्ने बाहेक यो कार्यमा केही सफलता प्राप्त गर्न सकेको छैन।’
    देउवाले चिकित्सा शिक्षा विधेयक पास गराउने क्रममा सरकारले गैर जिम्मेवारीपूर्ण व्यवहारको पराकाष्ठा प्रस्तुत गरेको बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij