Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल हङकङलाई हराउँदै फाइनलमा


  • शनिबार, बैशाख १४ २०७६

  • नेपाल हङकङलाई हराउँदै  फाइनलमा

    काठमाडौं – साविक विजेता नेपाल थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    थाइल्याण्डको चियाङमाईमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो ।

    हङकङले दिएको ८७ रको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । 

    नेपालको जितमा आशिष भट्टराईले सर्वाधिक १७ रन बनाए । रोहन दुदराज विकले १४, कृष्ण कार्कीले १२, दिपक बोहोराले ११ र सुवाष आएरले १० रन बनाए । 

    बलिङमा हङकङका ब्रिजनरेन सिवपुरीले तीन विकेट लिए । आहान खान्हाई त्रिवेदीले दुई विकेट लिएका थिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३२.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । 

    हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाए । अन्य ब्याट्सम्यान जम्न सकेनन् । 

    हङकङलाई सस्तैमा समेट्न नेपालका निखिल कुमार सिंहले चार विकेट लिए । विशाल कुमार पटेल र रमेश कुर्मीले दुई दुई तथा तिलक राजभण्डारीले एक विकेट लिएका थिए । 

    फाइनलमा नेपालले सिंगापुर र मलेसियाबीच विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij