Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लव पनि ढिलोचाँडो हाम्रो पार्टीमा प्रवेश गर्नुको विकल्प छैन् – अध्यक्ष प्रचण्ड


  • बुधबार, चैत्र २७ २०७५

  • विप्लव पनि ढिलोचाँडो हाम्रो पार्टीमा प्रवेश गर्नुको विकल्प छैन्  – अध्यक्ष प्रचण्ड

    काठमाडौं -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोचाँडो नेत्रविक्रम चन्द विप्लव पनि नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्ने बताएका छन्।
    मंगलबार काठमाडौंमा विप्लव नेतृत्वमा रहेका केही युवालाई नेकपा प्रवेश गराउँदै प्रचण्डले युवाहरूले उपर्युक्त निर्णय लिएको बताए।
    ‘तपाईंहरूले ठीक समयमा ठीक निर्णय गर्नुभएको छ। तपाईंहरूको अनुभव, क्षमता र सक्रियताअनुसार जिम्मेवारी दिने कुरामा हामी कमी गर्ने छैनौं,’ दाहालले भने, ‘ढुक्क हुनुस् कुनै डर लिनुपर्ने अवस्था छैन। तपाईंहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी मेरो हुन्छ।’
    ‘केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ अरु कुनै विकल्प छैन,’ उनले भने।
    ‘नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्नुपर्छ,’ उनले भने, ‘परिवर्तन रक्षा गर्दै समाजवादमा जाने हो।’
    आफूले लडेर ल्याएको परिवर्तनलाई रक्षा गर्न पनि सबै कम्युनिस्ट एक हुनुपर्ने प्रचण्डले बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij