काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको पाँचौं राष्ट्रिय महाधिवेशन जेठमा हुने भएको छ।
सोमबार बसेको संघको पूर्ण बैठकले जेठ २५ देखि २७ सम्म रुपन्देहीमा महाधिवेशन गर्ने निर्णय गरेको महासचिव लक्ष्मी परियारद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
महाधिवेशनका लागि ५५१ सदस्यीय मूल आयोजक समिति र नीति तथा कार्यक्रम, विधान मस्यौदालगायत १५ वटा समितिसमेत गठन गरिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
