काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितका लागि सहयोग गर्न दुई दिनको पारिश्रमिक उपलब्ध गराउने भएको छ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदबाट दुई दिन बराबरको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।
संघीय सांसदको मासिक पारिश्रमिक ५५ हजार २ सय तीन रूपैयाँ छ। यसरी हिसाब गर्दा दैनिक तलब एकजनाको १८४० रूपैयाँ हुन्छ
कांग्रेसबाट संघीय संसदमा ६३ जना सांसद छन्।।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
