Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन – देउवा


  • शनिबार, चैत्र १६ २०७५

  • अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन – देउवा

    गुल्मी -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताए।
    नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले भने – विगतले हामीलाई धेरै पाठ सिकाएको छ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हामी कांग्रेसका नेता कार्यकर्ताहरू एक नहुँदा निर्वाचनमा धेरै स्थानहरूमा पराजय भोग्न पर्‍यो अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने। उनले एकीकृत कांग्रेस बनाउन सकेको भए निर्वाचनमा यस्तो अवस्था नआउने भन्दै अब पार्टी एक हुनुपर्ने बताए ।
    सभापति देउवाले आगामी दिनमा नेपाली कांग्रेस एक भएर अगाडि बढ्ने ठोकुवा गरे । उनले केपी ओली नेतृत्वको दुई तिहाइको वर्तमान सरकारले केही काम गर्न नसकेको आरोप लगाए । अहिले सरकार काम गर्नभन्दा पनि गफ गर्नमा व्यस्त रहेको बताउँदै उनले भने,‘हिजो कांग्रेसको सरकारले गरेका विकास निर्माणका कामहरूको रिवन काटेर उद्घाटन गरेर मात्र यो सरकारले बढी प्रचार गर्ने काम गरेको हो।’
    उनले सरकारले कर बढाएर जनताको ढाड मात्रै सेक्ने र एक दलीय अधिनायकवादी शासन चलाइरहेको दाबी गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij