Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राप्रपामा थपिए नयाँ पदाधिकारी


  • मंगलबार, चैत्र १२ २०७५

  • राप्रपामा  थपिए नयाँ पदाधिकारी

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विभिन्न पदमा पदाधिकारी थप भएको छ । दीपक बोहरा समूहसँग एकता भएपछि अध्यक्ष कमल थापाले पार्टीका विभिन्न पदमा पदाधिकारी थप गरेका छन् ।
    मंगलबार थपिएका पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन् ।
    त्यस्तै उपाध्यक्षहरुमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई थपिएका छन् । महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा थप गरेका छन् ।
    प्रवक्तामा सुशीलकुमार श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले थप गरेका छन् । सह–महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी थपिएका छन् ।
    सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदनबहादुर कार्की थपिएका छन् । सहायक प्रवक्तामा रमानन्द न्यौपाने थपिएका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
    त्यस्तै अध्यक्ष थापाले प्रदीपकुमार उदयलाई प्रदेश ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरी केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij