Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा तनहुँ रिसिङ गाउँपालिकास्तरीय कमिटी गठन


  • मंगलबार, चैत्र १२ २०७५

  • नेकपा तनहुँ रिसिङ गाउँपालिकास्तरीय कमिटी गठन

    दमौली – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तनहुँ रिसिङ गाउँपालिका कमिटी सर्वसम्मतले चयन भएको छ ।
    गाउँपालिका संयन्त्रको बैठकले ५७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मतरुपमा चयन गरेको हो ।
    कमिटीको अध्यक्षमा साविक नेकपा एमालेबाट गञ्जसिंह गुरुङ र सचिवमा साविक नेकपा माओवादी केन्द्रबाट विरु थापा चयन भएका छन् ।

    गाउँपालिका कमिटीमा अधिकतम ७५ सदस्य हुने व्यवस्था भएपनि पहिलो चरणमा ५७ सदस्य चयन गरेको र बाँकी सदस्य चाँडै नै पदपूर्ति गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
    नेकपा जिल्ला संयन्त्रको केहि दिन अघि बसेको बैठकले चैत २० गतेभित्र सबै गाउँपालिका र नगरपालिकाको कमिटी गठन गरिसक्ने निर्णय गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij