काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।
समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न
बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको कांग्रेसले जनाएको छ।
संघीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ। विधेयक अधिवेशनका नामले समेत चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
