Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रीय खेलकुदमा एनआरएनका २४ खेलाडी


  • सोमबार, चैत्र ११ २०७५

  • राष्ट्रीय खेलकुदमा एनआरएनका २४ खेलाडी

    खेलाडीलाई जर्सी बितरण गर्दै अध्यक्ष भवन भट्ट

    गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौँ राष्ट्रिय खेलकुदमा सहभागीता जनाउने पक्का भएको छ । सात प्रदेश, तीन विभागीय संगै गैरआवासीय नेपाली खेलाडीको टोली एघार टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन् । गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरि सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो । संसारभर छरिएका नेपाली खेलाडीहरु राष्ट्रिय स्तरको खेलकुदको महाकुम्भ ‘आठौं राष्ट्रिय खेलकुद’ मा सहभागी हुन पाउँदा ज्यादै उत्साही भएका छन्, पहिलो प्रयासमा भएपनि केहि पदक हात पार्ने योजना बुनेका छौ, एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टले बताए ।गैरआवासीय नेपाली संघ नेपालमा पछि परेका र प्रविधि मैत्री हुन नसकेका खेल क्षेत्रहरुको पहिचान गरि तिनीहरुको विकासमा साझेदार बन्न चाहन्छ । गैरआवासीय नेपाली संघले आफ्नो स्थापना काल देखि नै संस्थागत संरचना भित्र युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिंदै आएको कुरा अध्यक्ष भवन भट्टले सुनाए । इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदको सहयोगमा प्रवासी नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागि हुन पाएकोमा भट्टले कृतज्ञता ज्ञापन गरे । कार्यक्रममा अध्यक्ष भट्टले एनआरएन टोलीलाई जर्सी समेत हस्तान्तरण गरेका थिए । विदेशमा रहेका नेपालीहरुको साझा संगठनका रुपमा रहेको गैरआवासीय नेपाली संघसंग राष्ट्रिय खेलकुद परिषदसँंग् खेलकुद क्षेत्रको विकासमा साझेदारी गर्ने उद्देश्य राखी सम्झौता समेत गरिसकेको छ । सो सम्झौता बमोजिम गैरआवासीय नेपाली खेलाडीहरुको हिस्सेदारी गैरआवासीय नेपाली संघले सुनिश्चित गर्ने र आगामी दिनहरुमा गैरआवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुदमा सहभागी हुने बाटो खोल्ने सहमति भएको हो । आगामी आठौँ राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, यु.ए.इ., मकाउ, जापान र हङकङ गरि ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरि नौ खेलमा कुल २४ खेलाडी यस पटक राष्ट्रि खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन् ।विदेशमा रहेका खेलाडी, प्रशिक्षक र रेफ्रीहरुले त्यहाँ पेशा व्यवसाय संगै आधुनिक समयमा विकास गरिएका खेलका विधि, प्रविधि र व्यवस्थालाई समेत नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाएका हुन्छन्,यसले बिदेशमा सिकेको ज्ञान र शिपलाई नेपाल भित्रयाएझै खेलकुदको बिकासमा टेवा पुग्ने छ, एनआरएन खेलकुद समिती नेपालका संयोजक स्वयंम्भु डंगोलले बताए । आगामी दिनमा संसारभर रहेका गैरआवासीय नेपाली खेलाडी, प्रशिक्षक र रेफ्रीहरु समेटी एक स्रोत साधनले सम्पन्न गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान विकास गर्ने सम्बन्धमा छलफल भैरहेको एनआरएन आइसीसी खेलकुद समितीका संयोजक राजु मानन्धरले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij