Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कराते महासघंको अध्यक्षमा महर्जनको दाबेदारी


  • शुक्रबार, चैत्र ८ २०७५

  • कराते महासघंको अध्यक्षमा महर्जनको दाबेदारी

    लामो समयदेखि विवादमा रहेको कराते महासंघ पुनर्गठन हुँदै गत महिना एकीकरण भएपछि राष्ट्रीय खेलुकद परिषदको निर्देशनमा महासंघले निर्वाचनको तयारी थालेको छ ।
    युवा तथा खेलकुद मन्त्रालय तथा खेलकुद परिषदले कराते महासंघको निर्वाचन तीनमहिना भित्र गर्न निर्देशन दिएसँगै महासंघ निर्वाचनको तयारीमा लागेको हो। निकै लामो समयदेखि केदारबाबु सिवाकोटी, पुरेन्द्र लाखे, दाबा गुरुङ लगायतको समुह र झुन्डमा बिभाजित कराँंत महासंघ एकिकरण भएपछि यसको नेतृत्वको लागि थुप्रै अनुहारहरु अगाडि देखिएका छन ।
    यसैबीच राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष, अन्तर्राष्ट्रीय रेफ्री तथा पुर्व अन्त्राष्ट्रिय पदकधारी खेलाडी समेत रहेका मीनकृष्ण महर्जनले पनि महासघंको अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन । युवा पुस्ताका खेलाडी बिच सधै लोकप्रीय रहेका मिनकृष्ण महर्जनले छाटो समय राष्ट्रय खेलुकद परिषदको कोषाध्यक्ष रहँंदा नेपालभर निकै चर्चा कमाएका थिए । खेलाडीहरु माझ लोकप्रिय महर्जनले खेलकुदको विकास गर्न, खेलाडी खेलाडी बिचको तिक्तता एवम् विवाद हटाउन,करातेमा मौलाएको खराबी अन्त्य गर्न आफ्नो उमेदबारी रहेको बताएका छन । लामो समय बिभिन्न गुट उपगुट अनि राष्टी«य र अन्तराष्ट्रीय समुहमा बिभाजित कराँंते महासंघ भित्र मौलाएको विकृति र विसङ्गतिलाई जरैदेखि निर्मूल पार्न आफ्नो उमदबारी रहेको महर्जनको दाबी छ ।
    महर्जनले राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा रहँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्दै खेलाडी प्रोत्साहनका विभिन्न कार्यक्रम अघि सारेका थिए। नेपाली कांग्रेसका युवा नेताका रुपमा परिचित महर्जनलाई कांग्रेस निकट मात्र नभई अन्य पार्टीमा आबद्ध युवाहरुले पनि रूचाउने गर्छन। सिधा कुरा प्रष्ट बिचार महर्जनको महत्वपुर्ण पक्ष हो । कराँंतेका करिब तिन दशक बिताएका महर्जन यतिखेर महासंघका एक मात्र शसक्त उमेदबारका रुपमा चिनिएका छन । पछिल्लो आम निर्वाचनम ानेपाली कांग्रेशको तर्फवाट प्रदेशसभामा चुनाब लडेका महर्जन झीनो मतले पराजित हुन पुगेका थिए ।
    महर्जनले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा करातेका विभिन्न प्रतियोगिताहरू आयोजना गरी खेलकुद क्षेत्रको विकासलाई मद्दत पुर्याउन ठूलो भूमिका निर्वाह गरेका छन्।
    केही महिनाअघि कांग्रेस नेता स्व. गणेशमान सिंहको स्मृतिमा अहिलेसम्मकै ठूलो धनराशिको किक बक्सिङ प्रतियोगिता महर्जनकै संयोजकत्वमा सम्पन्न भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij