तनहुँ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाउनुभएको छ ।
तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने सो पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको आरोप लगाएका हुन्।
उनले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
