काठमाडौं– भूमिगत नेकपा विप्लब समुहले सरकारले आफुहरुलाई राजनीतिक दलको मान्यता नदिएको प्रति आक्रोश व्यक्त गरेका छन् । सरकारको प्रतिबन्धलाई हास्यास्पद भन्दै विप्लबद्धारा जारी विज्ञप्तीमा भनिएको छ –‘ हामी जनताको बलमा क्रान्ति गछौं ।’ विप्लबले चन्दा उठाउनु आफ्नो नैसंगीक अधिकार भएको दाबी गरेका छन् । सरकार सामु कुनै पनि हालतमा नझुक्ने भन्दै विप्लबले दमन गरिए मुतोड जवाफ दिने बताएका छन् ।
यता विहिबार उक्त पार्टीले गरेको नेपाल बन्दको असर मुलुकभर परेको छ । ठाउँ ठाउँमा बमहरु राखिएका छन् भने कैलालीमा बस जलाईएको छ । मानिसहरुमा मनोबैज्ञानिक रुपमा त्रास उत्पन्न भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
