विराटनगर– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एंव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको बताए ।
देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने स्वष्ट पारे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
