Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विप्लवले मैले झण्डै २५ वर्ष पहिले गरेको कुरा नक्कल गर्न खोजे – अध्यक्ष प्रचण्ड


  • सोमबार, फाल्गुन २७ २०७५

  • विप्लवले मैले झण्डै २५ वर्ष पहिले गरेको कुरा नक्कल गर्न  खोजे – अध्यक्ष प्रचण्ड

    पोखरा– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई वार्ता र संवादद्वारा समस्या समाधान गर्न आह्वान गरेका छन्।
    सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले विप्लवले २५ वर्ष अघिको कुरालाई नक्कल गर्न खोजेको भन्दै त्यो पार लाग्ने कुरा नभएको बताए।
    ‘मैले झण्डै २५ वर्ष पहिले गरेको कुरा नक्कल गर्न खोज्नु भएको छ। त्यो बेला र अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन भएको थियो’, उनले भने,‘प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छ भनेर सोच्नु मनोगत हुन्छ।’
    ‘इतिहासले एउटा कालखण्डमा एउटा नेतृत्व र विचारधारालाई अगाडि ल्याउने गर्छ’,उनले भने, ‘मेरो साथीहरुलाई आग्रह छ त्यसो गर्न छाडेर संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसर सदुपयोग गर्नु उचित हुन्छ। नक्कल गर्नेतिरबाट पार लाग्दैन।’
    अध्यक्ष दाहालले त्यस्तो नक्कल गर्न छोडेर संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसर सदुपयोग गर्न विप्लवलाई सुझाव दिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij