Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली फुटबलका सबै गतिविधिलाई अबदेखि डिजिटल प्रविधिमा राखिने


  • शुक्रबार, फाल्गुन २४ २०७५

  • नेपाली फुटबलका सबै गतिविधिलाई अबदेखि डिजिटल प्रविधिमा राखिने

    काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबलका सबै गतिविधिलाई अबदेखि डिजिटल प्रविधिमा राखिने भएको छ । शुक्रबार फुटबलका सबै खाले काम कारवाहीलाई डिजिटलमा रुपान्तरण गर्न इम्प्रुभमेन्ट कम्पनी नेपाल (आईसीएनं)
    र मेर्सी क्रप्ससहित दुई कम्पनीसँग सम्झौता गरेको छ ।
    उक्त सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, मेर्सीका कन्ट्री निर्देशक सञ्जयध्वज कार्की र आईसीएनका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    सम्झौताअनुसार फुटबलका खेलाडी, रेफ्री, प्रशिक्षक, म्याच कमिस्नार, खेलाडीको ट्रान्सफर, दर्ता लगायतका हरेक काम सफ्टवेयरबाट गरिने उल्लेख छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij