Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एन्फाद्वारा नयाँ लोगो, जर्सी र गीत सार्वजनिक


  • सोमबार, फाल्गुन २० २०७५

  • एन्फाद्वारा नयाँ लोगो, जर्सी र गीत सार्वजनिक

    काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले लोगो र जसी परिर्वतन गरेको छ ।
    सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एन्फाले नयाँ लोगो र राष्ट्रिय टिमले प्रयोग गर्न नयाँ जर्सी सार्वजनिक गरेको हो।
    एन्फाको नयाँ लोगो पोखराका सन्दीप तिवारीले तयार पारेका हुन्। नयाँ लोगोको माथि सगरमाथा र बीचमा नेपालको झण्डा राखिएको छ।
    पुछारमा फुटबलको चिन्ह छ। यस्तै फुटबल भित्र मुलुकको ७ प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सातै रङ राखिएको छ। यो सँगै एन्फाको दोस्रो पटक लोगो परिवर्तन गरेको हो। उक्त लोगो निर्माण गरेका तिवारीलाई एन्फाले नगद ५० हजार दिएर सम्मान गरेको छ।
    यसअघि २०६२र६३ को जनआन्दोलन पछि पहिलो पटक लोगो परिवर्तन गरेको थियो।
    साथै एन्फाले नेपाली राष्ट्रिय टोलीले लगाउने जर्सी पनि परिवर्तन गरेको छ। नयाँ जर्सी एकै ढाँचाको रहेकोछ । नयाँ जर्सी यस पटक पनि दुई रातो र निलो रङको छ। तर, लोगो राखेको स्थान परिवर्तन भएका छन्।
    जर्सीको अघिल्लो भागमा सगरमाथाको प्रतिक राखिएको छ। जर्सीमा बायाँ पट्टि राष्ट्रिय झण्डाको सट्टा एन्फाको लोगो हुनेछ। राष्ट्रिय झण्डा अब जर्सीको पछाडि हुनेछ। यो जर्सीको डिजाइन एन्फा आफैंले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो। एन्फाले नयाँ लोगो र जर्सीको लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो ।
    यसैबीच एन्फाले फुटबल टिमको गीतसमेत सार्वजनिक गरेको छ। फुटबल टिमको गीत राष्ट्रिय धुनका रचनाकार ब्याकुल माइलले रचेका हुन्। गीतमा शिव परियार, ईन्दिरा जोशीलगायतको स्वर छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij