Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरामा तेश्रो भेट्रान्स बास्केटबल प्रतियोगिता शुरु


  • शुक्रबार, फाल्गुन ३ २०७५

  • पोखरामा तेश्रो भेट्रान्स बास्केटबल प्रतियोगिता शुरु

    पोखरा–कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर व्रर्दश एण्ड शन्स् राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५” बिहिबार बाट पोखरा रंगशालामा शुरु भएको छ ।
    उद्घाटन खेलमा काठमाडौको ठमेल यूनाइटेडले पोखराको एक्स एबिसी ‘बि’ टिमलाई ७९–४८ को स्कोरले पराजित गरेको छ । यसै गरि सम्पन्न अन्य खेलमा आयोजक कास्की जिल्ला बास्केटबल संघले एक्स एबिसी ‘बि’ लाई ७७–४९, लामाचौर भेट्रान्सले तनहुँ बास्केटबल संघलाई ५५–४७ र एक्स एबिसी ‘ए’ टिमले लामाचौर भेट्रान्सलाई ५३–४३ को स्कोरले पराजित गरेका छन ।
    यस अघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पोखरामा बास्केटबल संघले खेलकुद गतिविधी बढाउन गरेको कार्यक्रमको प्रशंसा गर्दै भेट्रान्स खेलाडीहरुले आफ्नो ज्ञान र शिप विद्यालयका विद्यार्थीहरुका लागि समेत बाड्न आग्रह गरे । उनले भने–“नयाँ खेलाडी उत्पादन गर्न भेट्रान्स खेलाडीको शिप महत्वपूर्ण रहन्छ, त्यसका लागि आजैका दिन बाट लागौँ ।”
    कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष ध्वज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताका संयोजक नारायण प्रसाद शर्माले स्वास्थ शरिर र भाइचारको सम्बन्धलाई बलियो बनाउन भेट्रान्स बास्केटबल प्रतियोगिताले अहम भूमिका खेलेको बताउँदै भने–“पोखराको खेलकूद बिकास संगै पोखराको पर्यटन प्रवद्र्धन गर्न पनि भेट्रान्स खेलाडीको प्रतियोगिता महत्वपूर्ण समेत रहेको छ ।” उनले प्रतियोगितामा मुख्य प्रायोजक, सहप्रायोजक र प्रायोजकगर्ने संस्थाहरुप्रती आभार समेत ब्यक्त गरे ।
    ४० वर्ष देखि माथी उमेर समुहका खेलाडीको सहभागिता रहने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । काठमाडौको ठमेल युनाइटेड, तनहु बास्केटबल संघ, एक्स अम्बर सिंहको ए र बी, लामाचौर भेट्रान्स तथा आयोजक कास्की जिल्ला बास्केटबल संघको टिमले प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन ।
    शनिवार सम्पन्न हुने उक्त प्रतियोगितामा प्रथम र द्वितिय हुने टिमले क्रमश नगद ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र गर्ने छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij