काठमाडौं -गाउँपालिका राष्ट्रिय महासङ्घ, कर्णाली प्रदेशको प्रथम अधिवेशनले सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनको नेतृत्वमा १५ सदस्यीय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा जङ्गबहादुर शाही दैलैख, सचिव खड्गराज सेजुवाल कालीकोट, कोषाध्यक्ष महेन्द्रबहादुर शाह जाजरकोट र सहसचिवमा शिवा आर्चाय जाजरकोटलाई चयन गरिएको छ ।
सदस्यमा धीरबहादुर विष्ट, जयानन्द रावल, सविताकुमारी रोकाया, निर्मला राना, हिमाली रोकाया, बली रावत, निर्मला विष्ट र सीता ज्ञवालीलाई चयन गरिएको छ । नयाँ नेतृत्वलाई गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय प्रतिनिधि दल फडेराले शपथग्रहण गराएका थिए । कर्णालीका ७९ स्थानीय तहमध्ये ५४ गाउँपालिका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
