काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद्लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो ।
सन् २०१७र१८ मा नेपालका लागि खेलेका क्रिकेटरहरुलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आईसीसीमा पत्र पठाएको थियो ।
ए श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । उनीहरुको तलब मासिक ३५ हजार तोकिएको छ ।
दुई वर्षको तलब एक मुष्ट लिँदा उनीहरुले ८ लाख ४० हजार रुपैयाँ पाउनेछन् ।
श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुको तलब मासिक २५ हजार छ । २ वर्षको तलब एकमुष्ठ पाउँदा ६ लाख हुन्छ ।
यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुसन भारी, प्रदिप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक १५ हजारका दरले २ वर्षको तलब बराबर ३ लाख रुपैयाँ पाउनेछन् ।
टिम म्यानेजर रमन शिवाकोटी र प्रशिक्षक जगत टमाटाले पनि २ वर्षको पारिश्रमिक पाउनेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
