काठमाडौं -रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ।
यही माघ २६ गते देखि फागुन ११ गतेसम्म धनगढी प्रिमियर लिगको तेस्रो संस्करण आयोजना हुँदैछ।
यस सिजनमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन्।
सहभागी ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी चुनिसकेका छन्।
उद्घाटन खेल बाहेक प्रतियोगिताको पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन् जसअन्तर्गत पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट हुनेछ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
