Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रिय सभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित


  • बिहिबार, माघ १७ २०७५

  • राष्ट्रिय सभाबाट पनि चिकित्सा शिक्षा विधेयक पारित

    काठमाडौं– राष्ट्रिय सभाले पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।
    नेपाली कांग्रेसका सांसदहरूले आज बसेको राष्ट्रिय सभा बैठकको सुरूदेखि नै उभिएर विरोध गरेका थिए।
    चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अवरोध गरेकाले उनीहरू छलफलसमेत बहिष्कार गरेका थिए ।
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए।
    कांग्रेस सांसदहरूले बैठक अवधिभर उभिएर विरोध गरे पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले विधेयक पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे।
    त्यसपछि बहुमतका आधारमा विधेयक पारित भएको हो।
    अब प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij