काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रमुख प्रतिपक्षी दलको विरोध हुँदाहुँदै दुई तिहाइको बलमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेको भन्दै सिंहले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति प्रश्न उठाएका छन्
किङ्ग कम स्पोर्टस क्लबले शनिबार काठमाडौंमा सुरू गरेको ब्याटमिन्टन प्रतियोगितामा उनले बहुमतको दम्भ देखाएर चिकित्सा शिक्षा विधेयक पारित गर्नु संसदीय अभ्यास विपरीत भएको दाबी गरे।
सभामुख महराले प्रतिपक्षीको विरोध हुँदाहुँदै विधेयक प्रस्तुत गर्न दिएको सिंहको भनाइ छ।
‘जबर्जस्ती विधेयक पारित गरियो,’ उनले भने, ‘सभामुखले पनि तटस्थ भूमिका खेल्नुभएन।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
