Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा म्याराथनको संरक्षकमा मेयर जिशी, “हामी उत्साहित भएका छौं” अध्यक्ष गुरुङ


  • शुक्रबार, माघ ११ २०७५

  • पोखरा म्याराथनको संरक्षकमा मेयर जिशी, “हामी उत्साहित भएका छौं” अध्यक्ष गुरुङ

    पोखरा– भूतपूर्व खेलाडी मंच नेपालले यहि फागुन ७ गते आयोजना गर्ने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” मा पोखरा महानगर पालिकाका मेयर मान बहादुर जिशीले संरक्षकत्व प्रदान गरेका छन ।
    पोखरा महानगरकोतर्फ बाट पोखरा म्याराथनलाई सफल बनाउन संरक्षकत्व प्रदान गरेको मंचले जनाएको छ । स्मरिणय के छ भने एक साता अघि मात्रै गण्डकी प्रदेश सरकारका मुख्य मन्त्रि पृथ्बी शुब्बा गुरुङले पोखरा म्याराथनलाई प्रदेश सरकारकातर्फ बाट संरक्षकत्व प्रदान गरेका थिए ।
    विश्वका ठूला शहरहरु जस्तै न्यूयोर्क म्याराथन, लण्डन म्याराथन, बर्लिन म्याराथन, मुम्बई म्याराथन, दिल्ली म्याराथन, कोलकत्ता म्याराथन जस्तै संयौ म्याराथनहरु वर्षेनी आयोजना हुँदै आएका छन । ति म्याराथनहरु मध्ये केही आफ्नो शहरलाई चिनाउन त केही विशेष उद्धेश्यका साथ आयोजना गरिदैं आइएको छ ।
    पोखरालाई खेलकुद शहरको माध्यम बाट विश्वको खेल तथा पर्यटन क्षेत्रमा चिनाउन विगत १३ वर्ष देखि पोखरा म्याराथन आयोजना हुँदै आएको छ । नेपाल भूतपूर्व खेलाडी मंच नेपालले आफ्नो स्थापना काल २०५९ साल बाट नेपालमानै पहिलो पटक पोखरा म्याराथन गर्दै आएको हो ।
    पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार र पोखरा महानगरले संरक्षकत्व प्रदान गरे पछि यसको महत्व र गरिमा थप बढ्ने मंचका अध्यक्ष तेज गुरुङले बताए । उनले भने–“हामी यसलाई निकै सकारात्मक रुपमा लिएका छौं र थप उत्साहित बनेका छौं ।” पोखरा म्याराथनमा पोखरा महानगरसंग भगिनी सम्बन्ध रहेका शहरहरुका खेलाडीहरु सहभागी गराउने विषयमा समेत तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij