Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुरको ठूलोदुर्लुङमा भलिबल प्रतियोगिता सम्पन्न 


  • बुधबार, माघ ९ २०७५

  • ललितपुरको ठूलोदुर्लुङमा भलिबल प्रतियोगिता सम्पन्न 

     

    खेलुकदले मुलुक चिनाएको छ : महर्जन
    ललितपुर- ललितपुर जिल्लाको क्षेत्र नम्बर १ कोविकट मानिने ठूलादुर्लुङमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा १५ टीमले भागलिएका थिए । काभ्रेको सालधारा टिमले नगद ५० हजारसहित प्रथम हासिल गरेको छ ।प्रतियोगितामा १५टीमले भाग लिएका थिए । काभ्रेको सालधारा टिमले नगद ५०
    हजारसहित प्रथम हासिल गरेको छ ।तृतीयटिमले १५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा काभ्रेका सुमन थोकर बेस्ट स्पाइकर र बुगमतीकाशिशिर महर्जन भएका थिए ।विजयी टीमलाई नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेरराणा, राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जन र कांग्रेसनेता ऋषिराम घिमिरेले पुरुस्कार बितरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी राणाले आफू बिगद १५वर्ष यस क्षेत्रमा विकासका लागि सक्रिय रहेको बताए । उनले यस क्षेत्रमा स्कुल बनाउने, हेल्थपोस्ट बनाउनेकुरामा सक्रिय रहेको बताए । विशेष अथिती राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष महर्जनले आफूबाल्यकालदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेको बताए । उनले आफै करातेको अन्तर्राष्ट्रिय खेलाडी,अन्तर्राष्ट्रिय रेफ्री हुँदै राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष हुँदा यस क्षेत्रमा क्लब निर्माण गर्ने फुटबल,भलिबल, ब्याटमिन्टन लगायत खेलकुद सामाग्री उपलब्ध गराएको बताए । उनले खेलाडीहरूको हौसला,उमङ्ग र खेल क्षेत्रको विकासका निमित्त सधै लागि पर्ने पनि बताए ।कार्यक्रममा गोदावरी नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष मिलन सिल्वाल, कोन्जोसोम गाउँपालिका वडाध्यक्ष तीर्थबहदुर घलान, तिलकaम्जन, बागमती गाउँपालिका वडाध्यक्ष खोमप्रसाद दाहाल, उसु तथा किक्क बक्सिङ अन्तर्राष्ट्रिय खेलाडीनिकेश श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सदस्य प्रभाकर पोखरेल, बशिष्ठ अधिकारी, ललितपुर क्षेत्र नम्बर १उपसभापति तथा तामाङ घेदुङ संघका सचिव रामकृष्ण तामाङ, कोषाध्यक्ष शेखर न्यौपाने, नेपाली कांग्रेसगोदावरी नगर सभापति सुरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij