Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एपिएफ दोश्रो सभामुख कप भलिबलको च्याम्पियन


  • शनिबार, माघ ५ २०७५

  • एपिएफ दोश्रो सभामुख कप भलिबलको च्याम्पियन

    पोखरा -पोखरामा जारी दोश्रो सभमुख कप राष्ट्रिय भलिबलको शसस्त्र प्रहरी च्याम्पियन बनेको हो । जित संगै एपिएफले उपाधी रक्षा गरेको छ ।
    सम्पन्न फायनल खेलमा आफ्नो चिर परिचित प्रतिद्वन्दी नेपाल पुलिसलाई ३–१ सो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको हो । खेलमा एपिएफले २५–८, १८–२५ र २५–१७ र २५–१७ को सेटमा पराजित गर्दै नगद ३ लाख ५० हजार रुपैयाको साथै ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको हो भने उपविजेता बनेको नेपाल पुलिस क्लबले १ लाख ७५ हजार रुपैयामा चित्त बुझायो ।
    एपिएफले यसअघि रोल्पाको लिवाङमा भएको प्रथम सभामुख कप राष्ट्रिय महिला भलिबलकोे फाइनलमा पुलिसलाई नै हराएको थियो । एपिएफले यो जित संगै २०७५ सालमा भएको ८ मध्ये यो प्रतियोगिता जिते संगै ७ प्रतियोगिताको विजेता तथा एकमा उपविजेता बनेको छ ।
    यस अघि भएको तेश्रो र चौथो स्थानको खेलमा प्रदेश नं ३ ले आयोजक गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै प्रदेश नं ३ ले तेश्रो स्थान हासिल गरेको छ । खेलमा पहिलो सेटमा २५–१४ ले आफ्ना पक्ष्मा पारेको प्रदेश नं ३ ले दोश्रो सेट भने २१–२५ ले गुमाउन पुग्यो । खेलमा तेश्रो र चौथो सेटमा सहज जित निकाल्दै प्रदेश नं ३ ले तेश्रो स्थान हता पा¥यो । तेश्रो सेटमा प्रदेश नं ३ ले २५–१४ र चौथो सेट २५–१७ ले पक्षमा पार्दै गण्डकीलाई चौथो स्थानमा धकेल्यो ।
    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि एपिएफकी सरस्वती चौधरी घोषित भइन । उनले नगद रु.१० हजार प्राप्त गरिन त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्लकर एपिएफकी लिला केसी, उत्कृष्ट स्पाइकर प्रदेश ३ की प्रतिभा माली, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाहि, उत्कृष्ट सेटर पुलिसकी कमला पुन, उत्कृष्ट लिब्रो पुलिसकी शान्ति तामाङ र उत्कृष्ट प्रशिक्षक एफिएफका ज्ञानेन्द्र विष्ट घोषित हुदैँ समान पाँच–पाँच हजार रुपैया प्राप्त गरे ।

    तेश्रो स्थान हात पारेको प्रदेश नं ३ ले नगद १ लाख र चौथो हुने गण्डकी प्रदेशले ५० हजारमा चित्त बुझायो ।

    विजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मंन्त्री किरण गुरुङ, नेपाल भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्द, वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङ लगाएतले पुरुस्कार कप तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

    यहि माघ ३ गते बाट राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा भएको प्रतियोगितामा सबै प्रदेश र तिन विभागिय टोली सहित १० टिमको सहभागिता रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij