Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियाका दुइ शहरमा गगनको दुइ दिन


  • शनिबार, माघ ५ २०७५

  • अस्ट्रेलियाका दुइ शहरमा गगनको दुइ दिन

    गोविन्द केसीलाई अनसन बस्न बाध्य बनाए

    दुइ दिनका लागि अस्ट्रेलिया आइपुगेका नेपाली काँग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीले उठाएका मागहरुमा आफ्नो स्वार्थ घुसाउन खोज्दा अहिलेको १६ औं अनसन सुरु भएको बताएका छन् । नेपाली जनसम्पर्क समिति भिक्टोरिया ,अष्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा नेता थापाले भने, “डा. गोविन्द केसी त फकिर हुन् । साधु जस्तो मान्छे । कहिलेकार्ही हामीले सुन्दा उनले कस्तो अभद्र कुरा गरेको जस्तो लाग्छ । तर, उनको निष्ठामा हामीले कहिल्यै प्रश्न उठाउन सक्दैनौं । उनले पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई तपाईं माफियाको मान्छे हो भनेको स्मरण गर्दै युवा नेता थापाले कसैको डर नमान्ने, निर्धक्क आफ्नो कुरा भन्ने डा. गोविन्द केसी हुन् ।” उनले
    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको बहसलाई पनि सम्झिए । “त्यतिबेला आफु स्वास्थ्यमन्त्री भएका बेला प्रधानमन्त्रीसँग कुरा गराउँदा पनि निर्धक्क भएर आफ्ना कुरा राखेको स्मरण गर्छु ।” अहिलेको समस्या काँग्रेसका मेडिकल कलेजहरुले कमाईसके । अब हाम्राले पनि १० वर्ष कमाएपछि यसलाई सेवामुखी र नाफा निकाल्न नमिल्ने क्षेत्र बनाउने भन्ने सरकारी नियतले अनसन बस्न बाध्य भएको गगन थापाको भनाई थियो । जनसम्पर्क समिति क्वीन्सल्याण्डका सचिव बसन्त पौडेल, जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका अध्यक्ष अर्जुन लम्सालले पनि सांसद गगन थापालाई मेलवर्नमा स्वागत गरेका थिए । कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, आयोजक संस्थाका अध्यक्ष सुरेश पोखरेल, सोम प्रसाद गुरुंङ, सामाजिक अभियन्ता नारायण काफ्ले, दुर्गा आचाय एनआरएन अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने, नेपाली जनप्रगतिशील् मञ्च अष्ट्रेलियाका अध्यक्ष मान्डवराज कार्की लगायतले आआफ्ना कुरा राखेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij