Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टी एकताको सन्देश देशैभरि पु¥याउनु पर्छ – सभापति देउवा


  • शुक्रबार, माघ ४ २०७५

  • पार्टी एकताको सन्देश देशैभरि पु¥याउनु पर्छ – सभापति देउवा

    वालिङ – प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पु¥याउनुपर्ने बताएका छन् ।
    आज स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व. शिवकुमार अधिकारीको सम्झानामा आयोजित श्रद्धाञ्जलि सभामा उनले भने, ‘लोकतन्त्र, विकास र समृद्धिका लागि काङ्ग्रेस एकतावद्ध भएर अगाडि बढेको सन्देश देशैभरि पु¥याउनुपर्छ ।’
    पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कामभन्दा बढी कुरा गरेको बताउँदै दुई तिहाइको वर्तमान सरकार विकृति र अनियमिततातर्फ उन्मुख हुँदै गएको आरोप लगाए ।
    सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाले देखाएको उदाहरण नमूनायोग्य भएको चर्चा गर्दै पुनः सोही खालको सङ्गठन देशैभर विस्तार गर्नुपर्नेमा जोड दिए ।
    ‘नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा स्व अधिकारीले सक्रिय भूमिका खेल्नुभएको थियो,’ उनले भने, ‘अधिकारीको निधनले एक कुशल सङ्गठनकर्ता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति भएको छ ।’
    बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij