पोखरा -पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आंठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड फुटबल प्रतियोगिता” यहि माघ ८ गते बाट सुरु हुने संस्थाले जनाएको छ ।
“्स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान पूmटवल प्रतियोगीता संचालन गर्दै आइरहेको हो । प्रतियोगिता बारे जानकारी दिदै संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले प्रतियोगितामा भारतका दुई टिम सहित नेपालका गरि २६ टिमको सहभागिता रहने बताए ।
४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरुको खेलबाट नयां पिढीलाई खेलकूद प्रति अभिरुची जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगितामा यस पटक पूर्व अन्तराष्ट्रिय पूmटबल खेलाडी, पूर्व राष्ट्रिय प्रशिक्षक एवं एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर थापालाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने भएको छ ।
प्रतियोगीतामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउनेछन ।
माघ १२ गते सम्म पोखराको पुंरानो टुंडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगितामा १३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरीएको छ भने १८ लाख आम्दानी हुने अनुमान संस्थाले गरेको छ । सातौं संस्करणको प्रतियोगीतामा आयोजक बगर भाइ खलक टिम प्रथम हुन सफल भएको थियो ।
सो अवसरमा संस्थाका महासचिब एवम कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङले संस्थाले आफ्नो सामाजिक उतरदायित्व अन्र्तगत आठौं सस्करण बाट बचत रकम मध्ये १ लाख ५१ हजार पोखराको टुँडीखेल मैदानको स्तरोन्नतीका लागि प्रदान गर्ने बताए ।
तस्त्रिर ः सुदर्शन रंजित
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
