Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१२ औं हिसान स्पोर्टस् मिट पोखरामा सुरु, ८ हजार विद्यार्थीको सहभागिता


  • शुक्रबार, माघ ४ २०७५

  • १२ औं हिसान स्पोर्टस् मिट पोखरामा सुरु, ८ हजार विद्यार्थीको सहभागिता

    पोखरा -उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्टस् मिट–२०७५” बिहिबार बाट पोखरा रंगशालमा सुरु भएको छ ।
    विहिबार भएको छात्र बास्केटबल तर्फको उद्घाटन खेलमा माउन्ट अन्नपूर्ण माबी नदिपुर विजयी भएको छ । माउन्ट अन्नपुर्णले सगरमाथालाई माबी ३७–१७ को स्कोरले पराजित गरेको हो । त्यसै गरि अन्य खेलमा वेल नन ले रेन्वोलाई ३४–२५ र हिल पोइन्ट माबीले भाष्कर मेमोरियललाई ४५–१० को स्कोरलले पराजित गरे । त्यसै गरि छात्र बास्केटबल मा नै बाल कल्याण माबी र लिटिल स्टेप माबी आ–आफ्नो खेल जितेका छन ।
    यसै गरि सम्पन्न छात्रा भलिबल तर्फको खेलमा माउन्ट अन्नपूर्णले केफलाई २–१ को सेटमा र एक्स आर्मी पव्लिकले भाष्कर मेमोरियललाई सोझो ३–० को सेटमा पाखा लगायो । यसै गरि टेबुल टेनिस तर्फ बिहिकार पहिलो चरणका खेलहरु सम्पन्न भएको हिसान कास्कीले जनाएको छ ।
    यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुवरले एक समारोका विच उद्घाटन गर्दै खेलले आफूलाई मात्र नभई समाज, देश र महादेशलाईनै गौरवान्वित बनाउन सक्ने बताए । उनले खेलकुद बिकासका लागि हिसान कास्कीले गरेको प्रयास स¥हानिय रहेको भन्दै प्रशंसा समेत गरे ।
    सो अवसरमा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवालले निजी विद्यालय र शिक्षण संस्थाहरुले नेपालको शिक्षाको गुणस्तर माथी उठाउन कार्य मात्र नगरी खेलकुद बिकासमा समेत अहम भूमिका खेलेको बताए ।
    हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसान कास्कीका सल्लाहाकार बाबुराम पन्त उपाध्यक्ष यम बहादुर रोक्का, सचिब दिवाकर जैशी लगाएतले स्पोर्टस् मिट लागएत हिसान कास्कीले गरेका अन्य महत्वपूर्ण पक्षका बारेमा बोलेका थिए ।
    कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेका शैक्षिक कार्यक्रमहरुमा विभिन्न विद्यालयहरु बाट विजेता बन्न सफल विद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
    उक्त प्रतियोगितामा हिसान कास्की संग आवद्ध ५० भन्दा वढी विद्यालयका करिब ८ हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij