Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुरानो भन्दा नयाँ दरबार झन् बढी भोग र विलासी भयो– नेता रिजाल


  • आइतबार, पुष २९ २०७५

  • पुरानो भन्दा नयाँ दरबार झन् बढी भोग र विलासी भयो– नेता रिजाल

    नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले राष्ट्रपति कार्यालयलाई नयाँ दरबारको रूपमा सेवा सुविधा दिन लागेको बताएका छन्।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रिजालले प्रधानमन्त्रीले यही पुस २२ गते संसदमा गरेको सम्बोधनमा कटाक्ष गरेका हुन् ।

    नेता रिजालकाे अभिव्यक्ति जस्ताकाे तस्तै  :
    ‘केही दिन अगाडि प्रधानमन्त्रीले सम्बोधनमा भन्नुभो, जानी नजानी हामी कोही कसैबाट कमी भएको छ भने सच्चियौँ । एउटाले बिराउँदा सिंगो संस्था बदनामा हुनेमा सचेत हौँ । संस्थाको मर्यादा रहेन भने लोकतन्त्र धरासायी हुन्छ । यो भन्दा सुन्दर अभिव्यक्ति के हुन्छ ? अनुरोध छ प्रधानमन्त्री ज्यू, यी अभिव्यक्तिहरुलाई वाचन गरेर सुनाउने मात्र होइन । आफू सुन्नु पनि होला । राम्रोसँग सुनिएन भने ऐना अगाडि उभिएर भएपनि आफूलाई सुनाउनु होला । सरकारको निर्णयबाट १८ करोडको गाडीमा,  डेढ अर्बको हेलिकप्टरमा चढाउने र भोग विलासको जीवनमा पुरानो दरबार होइन, नयाँ दरबार झन् बढी भोग र विलासको बिम्ब बनाएर लाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन । गणतन्त्र बलियो हुँदैन । नेपाल जे छ, जस्तो छ, जनताको आर्थिक अवस्था जस्तो छ, त्यहि सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छ नेपाली जनता । नयाँ दरबार बनाउन चाहँदैन ।’

    ‘प्रधानमन्त्री ज्यू, बुद्धिजिवीलाई लखेटेर थला पारेर, कर्मचारीलाई तर्साएर, पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, सत्याग्राहीको मान मर्दन गरेर, संवैधानिक अंगलाई निस्तेज बनाएर अनि संसद छलेर लोकतन्त्र बलियो हुँदैन । संघीयता प्रदेशका मुख्यमन्त्रीहरुसँग अन्तरप्रदेश समन्वय नगर्ने, त्यो संस्थालाई क्रियाशिल नतुल्याउने अनि आयोगहरुलाई क्रियाशिल नतुल्याउने अनि संघीयता बलियो बनाएको छु भनेर झुटा बोलेर संघीयता बलियो हुँदैन, संस्था बलियो बनाउनु पर्छ । प्रधानमन्त्री ज्यू, सांखिकी धेरै प्रस्तुत गर्नु भो, अर्थ मन्त्रलायका मालिसबाट प्रस्तुत भएको तथ्यांकहरु अर्थ मन्त्रालयले आफैँ प्रस्तुत गरेका भए छलफल गर्न रमाइलै हुन्थ्यो । प्रधामन्त्रीले बुझ्ने गरी केही त लेख्नुनै भाछ । केही बुझ्ने गरी काम अघि बढेको आयोजनाहरुको, दुई चार वटा ठूल-ठूला आयोजनाहरु लेखिएको पढियो । काठमाडौँ खाल्डोबाट देखिएन होला, त्यसैले भ्यू टावर बनाउने भन्नु भएको छ । माफ गर्नुस् प्रधानमन्त्री जी, खाँबो बाङ्गो छ, तपाईंले देखेजस्तो देशको स्थिती छैन । झापाको भ्यू टावरमा चढेपछि, निर्मला बलात्कार र हत्याको टाटाे परैदेखि देखिन्छ, क्षमा गर्नुस् प्रधानमन्त्री ज्यू। ’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij